सूचनाको शक्ति - The Power Of Information

        

विश्वलाई कोरोना भाइरसबाट बचाउन सक्ने चीनकी ‘ब्याट वुमन’

वुहान (चीन) । शी जेंगली १६ वर्षदेखि विश्वको एक पुस्ताले नै नदेखेका डरलाग्दा महामारीसँग लड्नको लागि तयार भएकी छिन् । चीनको वुहानकी यी भाइरोलोजिस्ट ती ‘ब्याट वुमन’ वैज्ञानिक हुन् जसले यो भाइरसको पहिलो केस देखिएको केही दिनमै यो भाइरसको ‘जीन सिक्वेन्स’ पत्ता लगाएकी थिइन् । तर, त्यतिबेला उनलाई उनको उल्लेखनीय खोज विश्वसामु ल्याउनबाट अल्मल्याइयो र उनको खोजी भित्रै दबियो ।

उनी विश्वका शीर्ष अनुसन्धानकर्ता मध्येकी एक हुन् जसले चमेराका गुफामा सार्सजस्ता दर्जनौं प्राणघातक भाइरसको बारेमा खोजी गरिसकेकी छिन् । उनले डिसेम्बरको अन्त्यमा वुहानमा फैलिएको त्यतिबेला रहस्यमय श्वास प्रश्वास सम्बन्धी रोगका बिरामीहरुको नमूनाको अध्ययन गरेकी थिइन् र यो भाइरस सार्ससँग मिल्दोजुल्दो भएको तथ्य पत्ता लगाएकी थिइन् । यसलाई नोभेल कोरोना भाइरसको रुपमा पहिचान गरियो ।

त्यसको तीन दिनमै उनले यसको जीन सिक्वेन्सिङको प्रक्रिया पूरा गरेकी थिइन् र उनले यसको ९६ प्रतिशत प्रकृति युनानमा पाइने चमेरामा हुने भाइरससँग मिल्ने पत्ता लगाएकी थिइन् । उनले ३ दिनमै गरेको यो जीन सिक्वेन्सिङको प्रक्रियालाई महिना र कुनै कुनै अवस्थामा वर्षसम्म लाग्न सक्छ । डेलिमेलको रिपोर्ट अनुसार चिनियाँ अधिकारीहरुले सुरुमा यो भाइरस भेटिएकोबारे बाहिरी विश्वलाई सूचना लुकाउने प्रयास गर्दा उनको यो खोजी पनि लुकाइएको थियो जुन अहिले आएर उजागर भएको छ ।

चिनियाँ पत्रकार गाओ युले डेलिमेलसँग कुरा गर्दै वुहानमा लकडाउनका बेला आफूले शीसँग भेटेको र शीले आफ्नो खोजीलाई दबाइएको बताएको उल्लेख गरेका छन् । पत्रकार गाओले भने, ‘हामीलाई पछि थाहा भयो, उनको इन्स्टिच्युटले यसको जीन सिक्वेन्सिङ र अन्य सम्बन्धित परीक्षण जनवरी २ भन्दा पहिल्यै सकिसकेका थिए तर उनीहरुलाई अल्मल्याइएको थियो ।’

जीन सिक्वेन्सिङको यो जानकारी एक हप्ता पछिसम्म पनि सार्वजनिक गरिएको थिएन । अहिले यही जानकारीलाई विश्वभरी भाइरसको उपचार र भ्याक्सिनको खोजीका लागि प्रयोग गरिँदैछ र यो खोजीको लागि समयसँग प्रतिस्पर्धा भइरहेको छ । जेंगलीका लागि यो खोजी उनको १६ वर्षभन्दा लामो समयको कामको उच्चतम प्रतिफल हो, जसले उनलाई आफ्नो क्षेत्रमा विश्वकै अग्रणी वैज्ञानिकमध्ये एक बनाएको छ ।

‘तर जब यी भाइरोलोजिस्टलाई गएको डिसेम्बर ३० मा पहिलो बिरामीको नमूना परीक्षणका लागि बोलाइयो,’ उनी भन्छिन् । उनलाई थाहा थियो कि उनी आफ्नो सबैभन्दा खराब सपनासँग लड्नुपर्नेछ । अनि जेंगलीलाई अर्को डर पनि थियो, के त्यो भाइरस उनले काम गर्ने ल्याबबाट दुर्घटनावश बाहिरिएको थियो ? १६ वर्षसम्म चमेरासँग काम गर्ने क्रममा जेंगलीले जनावरबाट कोरोनाभाइरस मानिसमा सर्ने जोखिममा रहेका केही क्षेत्रको पहिचान गरेकी थिइन् ।

तर ती स्थानमध्येमा देशको बीचमा रहेको वुहान भने थिएन । उनले भनिन् ‘मैले अपेक्षा गरेकी थिइन कि यस्तो किसिमको घटना चीनको बीचमा, वुहानमा हुन सक्छ । मैले त्यतिबेला सोचेको सम्झिन्छु, के यो भाइरस हाम्रो ल्याबबाट आएको थियो ?’ त्यतिबेला जेंगली वुहानबाहिर एक सम्मेलनमा थिइन् जहाँ उनलाई त्यो डरलाग्दो फोन कल आएको थियो जसले पूरै विश्वको स्थिति नै बदलिदियो । अस्पतालमा भर्ना भएका २ जना बिरामीमा असामान्य किसिमको निमोनिया देखिएको थियो ।

वुहान सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनलाई जेंगलीको विशेषज्ञताको आवश्यकता परेको थियो ताकि यो भाइरस सार्वजनिक स्वास्थ्यको लागि खतरनाक जोखिम हुनसक्छ कि सक्दैन भन्ने थाहा पाउन सकियोस् । उनका निर्देशकले उनलाई जेसुकै गरिरहेको भए पनि तत्काल छोड्न र यो नयाँ भाइरसबारे काम सुरु गर्न भनेका थिए । यो निर्देशनसँगै उनी तत्कालै ट्रेनमा वुहानस्थित ल्याब आएकी थिइन् ।

जेंगली र उनको टिमले यो भाइरसको जेनेटिक कोड पत्ता लगाउन दिनरात नभनी काम गरेका थिए । जेंगली त्यो टिमकी सदस्य थिइन् जसले सार्स भाइरसका विषयमा काम गरिरहेको थियो । सार्सको महामारीभन्दा अगाडि पूरै विश्व कोरोनाभाइरस परिवारबारे अनभिज्ञ थियो तर २००२ मा सार्स महामारीपछि विश्वले यसबारे अनुसन्धान र यसको संक्रमण रोक्ने अभियान सुरु गरेको थियो । जेंगली यही सुरुवाती टिमकी सदस्य थिइन् । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १४:०५