सूचनाको शक्ति - The Power Of Information

        

देशभर ४,५३६ जना क्वारेन्टाइनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ हजार ५३६ जना क्वारेन्टाइनमा रहेको जनाएको छ । शनिबार मन्त्रालयले नियमित कोरोना अपडेट लाइभमार्फत उक्त जानकारी दिएको हो ।

साथै स्वास्थ्य मन्त्रालयले अहिलेसम्म उपत्यकामा पाँच र उपत्यका बाहिर ११२ जना गरी कुल ११७ जना आइसोलेसनमा रहेको पनि जानकारी दिएको छ । हालसम्म नेपालमा कोरोना संत्रमितको संख्या ३० पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १८:५३