सूचनाको शक्ति - The Power Of Information

        

कोरोना गीत ‘विश्व अहिले भाछ त्रसित’ बजारमा

बाँके । विश्वभर कोरोना संक्रमण बढिरहेका बेला कोरोना भाइरस विशेष सन्देशमूलक दोहोरी गीत ‘विश्व अहिले भाछ त्रसित’ बजारमा आएको छ । दोहोरी गीतमा गायिका लक्ष्मी आचार्य र इन्द्र जिसीले स्वर दिएका छन् ।

सर्जक हेमन्त आचार्यले कोरोना भाइरस विशेष सन्देशमूलक दोहोरी गीत बजारमा ल्याएका हुन् । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरसले विश्वभरी सन्त्रास छाइरहेको बेला सर्जक आचार्यले कोरोना भाइरस विशेष सन्देशमूलक दोहोरी गीत बजारमा ल्याएका हुन् ।

शब्द तथा लय सर्जक हेमन्त आचार्यको रहेको गीतमा हुम गैरेको निर्देशन रहेको छ भने गीतको भिडियो छायांकन विक्रम काउछाले गरेका छन् । गायक इन्द्र जिसीको एरेञ्जर रहेको गीतको मुभी निर्माण विशाल म्यूजिक अनामनगरले गरेको छ भने टि टाइम म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार ०८:१०