सूचनाको शक्ति - The Power Of Information

        

एकैदिन थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा आज एकैदिनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको मस्जिदमा लुकेर बस्ने १२ जना भारतीय र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना लुकेर बसेका थिए । स्वाब परीक्षण गर्दा उनीहरुमध्ये १२ जनाको कोरोना पोजेटिभ पाइएको हो ।

उनीहरु मस्जिदमा लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीसहितको टोलीले मंगलबार स्वाब संकलन गरेको थियो । उनीहरुको स्वाबको परीक्षण कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको थियो । त्यस्तै, त्यहाँ अन्य ४ जनामा पनि संक्रमाण पुष्टि भएको छ । शुक्रबार नै चितवनमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् । उनीहरु बेलायतबाट आएका थिए । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका सबै संक्रमित पुरुष भएको जनाएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनुपर्ने देखिएको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १९:५४