सूचनाको शक्ति - The Power Of Information

        

लकडाउनमा जुवा, सात जना पक्राउ

बर्दिया । बाँसगढी प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । बिहिवार साँझ बाँसगढीको एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लकडाउन समयमा जुवा खेलिरहेको अवस्था नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय बर्दिया सूचना अधिकृत तथा प्रहरी नायव उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।

बाँसगढीको अतिथि होटलमा जुवातास खेलिरहेको सूचना आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बाँसगढी नगरपालिका–५ का वर्ष ५७ सुरेश रेग्मी, सोही ठाउँका ५५ वर्ष सोधे विष्ट, नरबहादु्र वली, बढैयाताल गाउपालिका–७ घर भई हाल कोहलपुर बस्ने श्रीकृष्ण गिरी, कोहलपुर नगरपालिका–१० का पुरन गिरी, कोहलपुर–५ का श्याम कुँवर कोहलपुर–११ का शिशिर गिरीलाई पक्राउ गरेको हो ।

जुवा तास खेलिरहेको अवस्था बर्दिया प्रहरीले जुवा खालबाट ५ लाख ६० हजार ९० रुपैयाँ बरामद गरेको छ । सुरेश रेग्मी पेशाले डाक्टर हुन् भने नरबहादुर वली व्यापारीका रुपमा चिनिन्छन् । सोधे विष्ट नेपाली काँग्रेसबाट संसदीय निर्वाचन प्रतिस्पर्धा गरेको हुन् । उनीहरु बाँसगढी नगरपालिकामा परिचित व्यक्तिहरुमध्येमा पर्दछन् । कोहलपुरका श्याम कुँवर नेशलन प्याब्सन बाँकेका अध्यक्ष हुन् । कुँवर हिमालय माध्यमिक स्कुल जीगाउँ ६ बैथनाथ बाँकेका संस्थापक प्रिन्सिपल तथा सञ्चालक हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १८:२४