सूचनाको शक्ति - The Power Of Information

        

फत्तेपुर क्वारेन्टाइनका १० जनाको रिपोर्ट नेगेटिभ

बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–७, स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा रहेको क्वारेन्टिनमा बसेका १० जनाको कोरोना भाइरस नेगेटिभ देखिएको छ । स्वास्थ्यकर्मीले बुधबार (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना जाँच गर्दा कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखिएको हो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ र ७ लाई समेट्ने गरि उक्त बिद्यालयमा गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरेको थियो । क्वारेन्टाइन स्थापना भएपछि भारतबाट आएका ९ जना र गाउँमै रहेका १ जना बस्दै आएका थिए । क्वारेन्टिनमा बसेको १४ दिन पुगेपछि उनीहरुको आरडिटी किटबाट जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आएपछि अध्यक्ष थारुले उनीहरुलाई घरमै सुरक्षा साबधानी अपनाएर बस्न सुझाव दिए । सो क्रममा गाउँपालिका अध्यक्ष थारु, उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ६ र ७ का वडा अध्यक्षद्वय जनकबहादुर थारु र रामलखन थारु, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार १५:०७