सूचनाको शक्ति - The Power Of Information

        

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–२, पहाडीपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादमा पहलमानसिंह मगरले लठ्ठीले हान्दा श्रीमती दिलमाया मगरको मृत्यु भएको हो । घटना ३० गते दिउँसोको थियो । तर, उनको मृत्यु भने आज २ गते भएको छ ।

प्रहरीका अनुसार, बैशाख ३० गते मदिराका विषयमा श्रीमान र श्रीमतीको झगडा भएको थियो । विवाद उग्र हुँदै गएर हात हालाहालको स्थितिमा पुग्यो । श्रीमानले श्रीमतीलाई लठ्ठीले हाने । धकेल्दा श्रीमतीको टाउको भित्तामा ठोकियो । ३४ वर्षीया श्रीमती दिलमायालाई भित्री गम्भीर चोट लाग्यो ।

भोलिपल्टसम्म पनि कुनै उपचार गरिएन । टाउकोको चोटले गम्भीर भएपछि आज बिहान अस्पताल लगियो । श्रीमानले नै अस्पताल लगेका थिए । अस्पतालमा दिलमायाको मृत्यु भयो । इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पहलमानसिंहलाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा पुगेका कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले मदिराको झगडाले अपराध हुन पुगेको जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १२:२०