सूचनाको शक्ति - The Power Of Information

        

कहाँ पुग्यो कोरोना भाइरसविरुद्धको खोपको विकास ?

काठमाडौं । एक लाख १९ हजारभन्दा बढी मानिसको मृत्यु र १९ लाख मानिसमा संक्रमण भएको नोभेल कोरोना भाइरसविरुद्धको खोप विकासका लागि विश्वभरका वैज्ञानिकहरुले प्रयत्न गरिरहेका छन् । कोरोना भाइरसको प्रकोपबाट विश्वमा अति संक्रमित मुलुकहरु चीन र इटालीमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर कम भएको छ ।

तर, खोपको विकास हुन सकेन भने दोस्रो चरणको प्रकोपको जोखिम रहेकोप्रति विज्ञहरुले चेतावनी दिएका छन् । लामो प्रक्रिया, विभिन्न वैज्ञानिक व्यवधान, प्रयोगशाला, निजी कम्पनी र सरकारहरुबीच अन्तर्राष्ट्रिय गम्भीरता र संयोजनको अभाव लगायतका कारण लागि खोप विकासका लागि वर्षौं लाग्ने विज्ञहरुले बताएका छन् ।

विज्ञहरुले नोभेल कोरोना भारसको संक्रमणविरुद्धको खोप विकासका लागि कम्तिमा एक वर्ष लाग्ने र यो सुरक्षित, प्रभावकारी र सर्वव्यापी बनाउन कम्तिमा डेढ वर्ष लाग्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार आजका मितिसम्म तीनवटा खोपको क्लिनिकल ट्रायलको चरणमा रहेको जनाएको छ । यसको अर्थ ती तीनवटा खोपहरुलाई मानवमा परीक्षण गर्न योग्य रहेका छन् भने ६७ वटा खोपहरु प्रि–क्लिनिकल चरणमा छन् ।

विज्ञान

‘खोपले भाइरसको एन्टिजिन्स नामक सीमित अणुहरुको उपस्थितिमा मानव शरिरको रोग प्रतिरोधी क्षमतामा काम गर्छ,’ अलजजिरासँग कुरा गर्दै डा.सारा कायतले भनिन् । यी एन्टिजिन्सहरु निस्क्रिय हुन्छन्, जसका कारण यीनिहरुले बिरामी बनाउँदैनन् । यद्यपी हाम्रो प्रतिरक्षा प्रणालीले एन्टिजिनलाई अनावश्यक अणुको रुपमा पहिचान गर्छ र एन्टिबडीको विकास गरी भाइरसलाई परास्त गर्न सक्छ । केही सम्भावित खोपहरु विकास गरिएका छन् ।

विश्व स्वास्थ्य संगठनले क्लिनिकल चरणमा रहेका भनेका तीनवटामध्ये एउटामा माथि उल्लेख गरिएका सम्पूर्ण परम्परागत अवधारणाको अवलम्बन गरिएको छ । भाइरसबाट जेनेटिक कोड कपि गरेर आधुनिक विज्ञानको प्रयोगमार्फत खोप विकासको प्रक्रिया पनि भइरहेको छ । यो प्रयोगशालामा बनाइँदैछ । यस विधिबाट बनाइएका कम्तिमा पनि दुईवटा खोपहरु मानवमा परीक्षण गरिएका छन् । यद्यपी अहिलेसम्म कुनै पनि खोप नोभेल कोरोना भाइरसका बिरामीका लागि योग्य हुने गरी अनुमति पाइसकेका छैनन् ।

टाइमलाइन

डा.कायातका अनुसार वैज्ञानिकहरुले कोभिड–१९ विरुद्धको खोप विकासका लागि प्रतिस्पर्धा भइरहेको बताइन् । चिनियाँ वैज्ञानिहरुले उपलब्ध गराएको नोभेल कोरोना भाइरसको जेनोम सीक्वेन्समा यसअघि देखिएको सार्सको ७९ प्रतिशत जिन रहेको पाइएको छ र मार्समा भएको ५० प्रतिश जिनहरु रहेको पाइएको छ । यसले गर्दा अनुसन्धानकर्ताहरुलाई खोप विकासको आधारतह निर्माणमा समय खर्चिनु नपरेको उनले बताइन् ।

खोप विकासका क्रममा पहिलो परीक्षण जनावरमा गरिन्छ । तथापी कम्तिमा एक कोरोना भाइरस विकासकर्ताहरुले यो चरण छोडेर मानव परीक्षणबाट सुरु गरेका छन् । अन्यले भने मानव र जनावर दुबैमा परीक्षण गरिरहेका छन् । मानवमा गरिने परीक्षण समान्यतया तीन चरणमा गरिन्छ । पहिलो चरणको परीक्षण सानो संख्यमा गरिन्छ । यदि मानवका लागि उक्त खोप सुरक्षित भएमा सामान्यतया एक सय सहभागीमा यसको परीक्षण गरिन्छ । दोस्रो चरणमा केही सय मानिसहरुलाई सहभागी गराएर खोपको प्रभावकारिताको मूल्यांक गरिन्छ ।

यो चरण केही महिनादेखि केही वर्षसम्म पनि चल्न सक्छ । र, अन्तिम चरण हजारौं मानिसहरुमा परीक्षण गरिन्छ । जसमा थुप्रै चिकित्सा उपकरणहरुसहित यो चरणको परीक्षण अघि बढाइन्छ । यो चरण कयौं वर्षसम्म पनि चल्नसक्छ । गत महिलना विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपतकाल योजनाका निर्देशक माइक रायानले कोरोना भाइरसविरुद्धको खोप विकासको प्रक्रियाका लागि कम्तिमा पनि एक वर्षभन्दा बढी लाग्ने बताएका थिए ।

यद्यपी, अक्सफोर्ड विश्वविद्यालयका भ्याक्सिनोलोजीका प्रोफेसरसमेत रहेकी बेलायती खोप विकासको टोली प्रमुख सारा जिलबर्टले सेप्टेम्बरसम्म कोरोनाविरुद्धको खोप विकास हुनेमा ८० प्रतिशत विश्वस्त भएको बताएकी थिइन् । उनका अनुसार आगामी छ महिनामा खोप विकास हुनसक्छ । उनले अबको दुई हप्तामा खोपको मानव परीक्षण गरिनेसमेत बताएकी छन् । ‘मैले बेलायत सरकारसँग खोपको उत्पादनका विषयमा छलफल गरिरहेकी छु । ताकी खोपको अन्तिम परीक्षण भएर प्रयोगमा आउँदासम्म मानिसहरुको सहज पहुँच होस् ।’

मानव परीक्षण

अस्ट्रेलियाका वैज्ञानिहरुले अप्रिल सुरुमा नै कोरोना भाइरसविरुद्धको दुईवटा सम्भावित खोपको परीक्षण सुरु गरेका बताएका थिए । अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फार्मा्स्टिकलहरुले बनाएको खोप विश्व स्वास्थ्य संगठनले जनावरमा परीक्षणका लागि पठाइएको बताइएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान नियोगले यदि उक्त खोपले काम गरे र मानिसका लागि पनि सुरक्षित हुनसक्ने जनाएको थियो ।

कम्तिमा दुईवटा सम्भावित खोपको मानव परीक्षण सुरु गरेको बताइएको छ । अमेरिकी अनुसन्धानकर्ताहरुले २६ मार्चमा कोरोनाविरुद्धको खोप पहिलोपटक मानव परीक्षण सुरु गरेका थिए । सिएटलस्थित कैसेर परमानेन्ट वाशिङ्टन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकले कोभिड(१९ विरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया जेनिभर हलेरको पाखुरामा लगाएर सुरु गरेका थिए । एमआरएनए–१२७३ कोडको उक्त खोप अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थ र मासाचुसेट्सस्थित बायोटेक्नोलोजी कम्पनी मोर्डेना इन्कको संयुक्त सहकार्यमा बनाइएको थियो ।

त्यसैगरी अप्रिल सुरुआतमा नै अर्को अमेरिकी इन्भियो फार्मास्टिकल्सले यस्तै किसिमको खोपको परीक्षण गरेको थियो । आइएनओ–४८०० कोडको उक्त खोप फिलाडेल्फिया र मिसौरीस्थित कानसास सहरमा सहभागी मानिसहरुमा परीक्षण गरिएको थियो । त्यसैगरी चिनिया अनुसन्धानकर्तासमेत सम्मलित पेनसलभानियास्थित टोली पनि खोप विकास गरिरहेको र चाँडै मानव परीक्षण गरिने बताइएको छ । चीनमा पनि सानसिनो बायलोजिकल इन्कले बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीसँग मिलेर सम्भावित खोपको विकास गरेको र परीक्षणको चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अलजजिरा

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार १०:१९