सूचनाको शक्ति - The Power Of Information

        

एन्फा प्रशिक्षक केसीद्वारा आर्थिक सहयोग घोषणा

बाँके । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रदेश प्रशिक्षक जनक केसीले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रस्तावित लुम्बिनी प्रदेश एन्फाका प्रदेश प्रशिक्षक केसीले आफ्नो एक महिना बराबरको तलब भत्ता सहयोग गर्ने बताएका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण सिर्जित कठिन परिस्थितिमा एन्फाका तल्लो तहका कर्मचारीलाई सहयोग गर्ने उद्देश्यका साथ केसीले आफ्नो एक महिनाको तलबभत्ता सहयोग गर्ने जनाएका छन् ।

प्रदेशमै पहिलो पटक कोरोना भाइरस संक्रमणले सिर्जित कठिन परिस्थितीमा एन्फाका तल्लो तहका कर्मचारीले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै उनले सहयोगी हात अघि बढाएका हुन् । ‘कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनमा एन्फाका तल्लो तहका कर्मचारी पीडित भएका छन्,’ एन्फाका प्रदेश प्रशिक्षक केसीले भने, ‘मेरो यो सानो सहयोगले प्रदेश एन्फाका कर्मचारीलाई केही राहत हुनेछ ।’

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १८:४०