कैलाली । कैलालीमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिकाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
र्यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ । उनी वीरगन्जमा सामान्य व्यापार गर्दै आएकी थिइन् । वीरगन्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए । यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो । यसको आधिकारीक पुष्टि भने हुन बाँकी रहेको छ ।
सत्यपाटी ।