सूचनाको शक्ति - The Power Of Information

        

भारतमा १२ घन्टामै थपिए ५०० बढी संक्रमित

बाँके । पछिल्लो १२ घन्टामा भारतमा ५०० भन्दा धेरै कोभिड १९ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसको संक्रमितको संख्या ७ हजार ४४७ जना पुगेको छ । शनिवार बिहानसम्म २३९ जना मानिसहरुले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्, भारतमा । भारतको महाराष्ट्र सबैभन्दा प्रभावित राज्य हो ।

त्यहाँ १ हजार ८७२ केस देखिएको छ । यहाँ ११० जनाले ज्यान गुमाइसकेका छन् । तामिल नाडूमा ९६३ कोभिड १९ संक्रमित फेला परेका छन् । दिल्लीमा ९४१ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ जसमध्ये १३ को मृत्यु भएको छ भने २५ जना निरोगी भएर सामान्य अवस्थामा छन् । विश्वभर अहिलेसम्म १६ लाख मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने यसबाट मर्नेको संख्या १ लाख कटेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार ११:५१