सूचनाको शक्ति - The Power Of Information

        

१० एसएसपीको डीआइजीमा बढुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त १० नायब महानिरिक्षक (डीआइजी दरबन्दीका लागि वरिष्ठ उपरिक्षक) एसएसपीहरुको बढुवा सिफारिस गरेको छ । बढुवा समितीको बैठकले बढुवा हुने एसएसपीहरुको नाम सिफारिस गरेको हो । यसअघि सरकारले नेपाल प्रहरीको जनपदतर्फ डीआइजीको दरबन्दीमा भारी कटौती गर्ने तयारी गरेका कारण लामो समय एसएसपीहरुको बढुवा रोकिएको थियो ।

सिफारिसमा पर्नेमा ईश्वरबाबु कार्की, सहकुल थापा, धिरजप्रताप सिंह, घनश्याम अर्याल, बसन्त लामा, बसन्त पन्त, अरुण बिसी, रवीन्द्र धानुक, प्रकाशजंग कार्की र उत्तम सुवेदी रहेका छन् । मन्त्रिपरिषद्को बैठकले केही दिनअघि जनपदतर्फ २६ डीआईजी रहेकामा दरबन्दी घटाएर १४ मा झार्ने निर्णय गरेको थियो ।

चार जना डीआइजी यसअघि नै रहेकाले रिक्त रहेका बाँकी १० डीआईजीको पदपुर्तीका लागि सिफारिस गरिएको हो । बढुवा समितीले सिफारिस गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच शुक्रबार साँझ छलफल भएको थियो । प्रदेशको कमाण्ड डीआईजीले गर्ने भएपछि सरकारले यो दर्जाको दरबन्दी करिब आधा घटाएको हो ।

छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार ०८:०५