सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट आएको केरा पनि ‘क्वारेन्टाइन’मा !

दाङ । भारतको महाराष्ट्रबाट ल्याएका केरालाई दाङमा ‘क्वारेन्टाइन’मा राखिएको छ । घोराहीका एक स्थानीय व्यापारीले मगाएको एक गाडी केरालाई दाङ उद्योग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधि, वडा प्रहरी कार्यालयको रोहबरमा पसलमा ताला लगाएर राखिएको छ ।

‘भारतको महाराष्ट्रबाट ल्याइएको केरा रहेछ, घोराही १४ का वडाध्यक्ष शक्तिराम डाँगीले भने, ‘महाराष्ट्रमा कोरोनाको संक्रमण बढिरहेकाले केरा ल्याएर राखिएको पसलमै गएर ताला लगाएर राखिएको छ,’ उनले भने । व्यापारीले कानुनी प्रक्रिया पूरा गरी ल्याएका भए पनि कोरोना संक्रमति ठाउँबाट ल्याएको हुनाले त्यो तत्काल बिक्री गर्नु हुँदैन भनेर ताला लगाइएको उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०७:५९