सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट साढे ८८ हजारको मृत्यु, नेपालमा १७५ जना रेडजोनमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या करिब साढे ८८ हजार पुगेको छ । बिहीबार बिहान ६ बजेसम्म कोरोनाबाट ८८ हजार ४०३ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ । अहिले कोरोनाबाट १० लाख ४५ हजार १६३ संक्रमित रहेकोमा ४८ हजार ७८ को अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ । अहिलेसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख ११ हजार ३७५ जनामा देखिइसकेको छ ।

नेपालमा अहिलेसम्म ९ जनाको कोरोनाको संक्रमण देखिएकोमा एक जना उपचारपछि स्वास्थ्य भइसकेका छन् । बाँकी ८ जनाको उपचार भइरहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म २ हजार ३६६ नमुना परीक्षण गरिएको छ भने अहिले आइसोलेसनमा १३४, क्यारेन्टाइनमा ८ हजार ५८० जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार रेडजोनमा १७५ रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०७:१५