सूचनाको शक्ति - The Power Of Information

        

लकडाउन उल्लङ्घन गर्ने जनप्रतिनिधि र पुजारीसहित नौं जना प्रक्राउ

बझाङ । बझाङको प्रशिद्ध छविसपाथीभेरा गाउँपालिकामा लाग्ने धार्मीक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा यहाँँका जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जना पक्राउ परेका छन् ।

नोभेल कोरोना भाइरस (कोभिड १९) को महामारी फैलीन नदिन विश्वभरसँगै नेपालमा पनि लकडाउन भैरहेका बेला समयमा यहाँका स्थानीयबासीहरुले लकडाउनलाई बेवास्ता गर्दै उल्लङ्घन गरेको भन्दै बुधबार उनीहरुलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताए ।

पक्राउ पर्नेमा छविसपाथीभेरा गाँउपालिका वडा नं.२ का वडाध्यक्ष विकास ऐडी, वडा नं.३ का वडाध्यक्ष केशबराज जोशी, वडा नं.४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नं.५ का वडाध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका छन् । जनप्रतिनीधिसँगै बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुईजना सहयोगी फसलपाते पण्डीत डम्बरबहादुर धामी र पुजारी जयकृष्ण जोशी रहेका छन् ।

उनीहरुसँगै स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको र लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको. बताएका छन् ।

लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई रु.१०० देखि ६०० सम्म जरिवाना वा एक महिनादेखि ६ महिनासम्म कैदको ब्यवस्था छ । कोरोनाको त्रासमा देश नै लकडाउनमा भएको समयमा भने यहाँका स्थानीयबासीले लकडाउनको बेवास्था गर्दै चैत्र २४ गते हजारौंको संख्यामा मेला सञ्चालन गरेका थिए । बझाङको छबिसपाथीभेरा–३ को बान्नीचौरमा चैतली मेला लागेको थियो ।

हरेक बर्षको चैत्र शुक्ल त्रयोदशीका दिन मनाइने बान्नीको चैतली यस बर्ष चैत्र २४ गते परेको थियो । सरकारले बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनावश्यक भीडभाड गर्न रोक लगाए पनि बान्नीकी चैतली मेलामा भने स्थानीयहरुको घुइँचो नै लागेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार २१:१३