सूचनाको शक्ति - The Power Of Information

        

कक्षा ११ र १२ को परीक्षा स्थगित

फाइल तस्वीर

फाइल तस्वीर

काठमाडौं । आउँदो वैशाखमा हुने भनिएको कक्षा ११ र १२ वार्षिक परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सूचना निकालेर अनिश्चित समयका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन भएका र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गते र ११ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने कार्यतालिका थियो ।

परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डले जनाएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमकै कारण माध्यामिक शिक्षा परीक्षा एसइइ तथा त्रिभूवन विश्वविद्यालय अन्तर्गत परीक्षाहरु पनि अहिले स्थगित छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १५:०२