सूचनाको शक्ति - The Power Of Information

        

भेरीमा आइपुग्यो कोरोना जाँच मेशिन

बाँके । कोरोना भाइरस संक्रमण जाँचका लागि प्रयोग हुने मेसिन पीसीआर भेरी अस्पताल नेपालगन्ज आएको छ । लामो प्रतिक्षापछि सोमबार राती काठमाडौंबाट बा ८ च ४५५७ नम्बरको पिकअप गाडीमा लोड भएको उक्त मेशिन नेपालगन्ज ल्याइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार यतिबेला पीसीआर मेसिन राख्ने कोठा मर्मत सम्भार भइरहेकोेले बुधबारबाट मेसिन जडान हुनेछ । लामो प्रतिक्षपछि नेपालगन्जमा कोरोना जाँच मेशिन आइपुगेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका बेला नेपालगन्जको भेरी अस्पतालमै जाँच हुने भएपछि बाँके, बर्दिया लगायतका क्षेत्रका आम नागरिकलाई राहत हुनेछ । बाँकेका विभिन्न क्वारेन्टाइनमा यतिबेला रहेका ४०० बढी व्यक्ति छन् । तिनीहरुमध्ये हालसम्म ३१ जनाको नमूना परिक्षण गरिएको छ ।

थप २३ जनाको स्याम्पल टेस्टका लागि काठमाडौं पठाइएकोले रिपोर्ट आउन बाँकी छ । कोरोना भाइरस संक्रमण जाँचका लागि आएको मेशिन पीसिआर सञ्चालन भएलगत्तै क्वारेन्टाइनमा मात्र नभइ यस क्षेत्रका अन्य कोरोना आंशकित ब्यक्तिको समेत जाँच हुनेछ । पीसिआर मेशिनबाट कोराना भाइरस संक्रमण थाहा पाउन सजिलो र विश्वासिलो हुने देखिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १५:००