सूचनाको शक्ति - The Power Of Information

        

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा कोहलपुरमा एक जनाको मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाकी २३ वर्षिया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । मोटरसाइकल चालक कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते रहेको कोहलपुरका प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिए । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ का रामबहादुर थारु भने सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार ११:२०