सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको राहत कोषमा रकम जम्मा

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन उद्धार कोषमा राहत संकलन जम्मा हुने क्रम बढेको छ । सोमबारमात्रै राप्ती गणेश कन्स्टक्सनका सञ्चालक ओमनारायण शाहले एक लाख एक हजार रुपैयाँ जम्मा गरेका छन् ।

शाहले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र लेखा अधिकृत लोकेन्द्र रावतलाई सहयोगको चेक हस्तान्तरण गरेका छन् । कोषमा नेपालगन्ज उपमहानगरपालिकाले ३० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेको छ ।

कोषबाट कोरोना भाइरस भित्रिन नदिन पूर्व तयारी, क्वारेन्टाइन लगायत आवश्यक मेडिकल सामाग्रीको उपलब्धतासँगै समितिको निर्णयका आधारमा खर्च गरिनेछ । विपन्न समुदायका ब्यक्तिलाई सहयोग पनि गरिनेछ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोषमा रकम सहयोगका लागि उद्योग ब्यवसायी, सहकारी, संघ संस्था लगायत सहयोगदातामा अनुरोध गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १४:५३