बाँके । पोखराबाट नेपालगन्जका लागि छुटेको बस तनहुँको आँबुखैरेनीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना ५ ख ४२९४ नम्बरको बस पृथ्वीराजमार्ग अन्तरगत ऐनापहरा नजिक सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खस्दा १० जनाभन्दा धेरै घाइते भएका छन् ।
ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले दिएको जानकारी अनुसार तीन जनाको शव भेटिए पनि सनाखत भने भएको छैन । बसमा के कति संख्यामा यात्रु सवार थिए भन्ने एकिन नभएपनि अहिलेसम्म १२ जना घाइतेको उद्धार भएको र अन्यको उद्धार जारी रहेको उनले बताए । घाइतेहरुलाई उद्धर गर्दै उपचारका लागि चितवनको भरतपुरतर्फ पठाउने तयारी भइरहेको गौलीले जानकारी दिए ।
सत्यपाटी ।