सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्ष बेहनाद्वारा विपन्न र मजदुरलाई खाद्यान्न वितरण

बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मो.सफिक बेहनाले लकडाउन चलिरहेका बेला बिपन्न तथा मजदुरी गर्दै आइरहेका एक सय घरधुरीलाई खाद्यान्न वितरण गरेका छन् । वडाभित्रका बिपन्न तथा मजदुरका परिवारलाई आफ्नो ब्यक्तिगत खर्चमा खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

सरकारले गरेको लकडाउनको पालना गर्दै आइरहेका त्यस्ता समुदायका ब्यक्तिहरुलाई दैनिक छाक टार्न मुस्किल परिरहेको बेला वडाध्यक्ष बेहनाले आफ्नो ब्यक्तिगत खर्चमा प्रतेक परिवार बराबर १० किलो चामल, अरहरको दाल, नुन र तेलको बोतल दिएर सहयोग गरेका छन् । लकडाउनमा मजदुरी गर्ने बिपन्न परिवार काम गर्नबाट बञ्चित रहेको समयमा उनीहरुलाई एक हप्तालाई पुग्ने रासन दिएको अध्यक्ष बेहनाले बताए ।

कोरोनाजस्तो महामारी फैलिएको अवस्थामा मजदुरी गर्ने समुदायकालाई भोकै बस्ने बाध्यता नहोस् भन्ने सोचका साथ मैले आफ्नो ब्यक्तिगतरुपमा सहयोग गरेको छु । एक हप्ता पुग्ने राशन सामाग्री पाएपपछि बिपन्न परिवारकी निर्मला रेग्मीले वडाध्यक्षको सहयोगले आफूहरुलाई निकै ठूलो राहत भएको बताइन् ।

खाद्यान्न सामाग्री पाएपछि आँखाभरी आशु पार्दै विपन्न परिवारकी करुणा राईले वडाध्यक्ष बेहनालाई धन्यवाद दिइन् । नेपालगन्जमा सहयोगी जनप्रतिनिधिका रुपमा चिनिँदै आएका वडाअध्यक्ष बेहनाले लकडाउन पुनः लम्बिएमा आफुले फेरि सहयोग गर्ने बताउँदै लडडाउनको समयमा घरभित्र बस्न वडाबासीलाई आग्रह गरे ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतवार ०९:२९