बझाङ । प्रगतिशिल युवा समाज बझाङले जिल्ला कारागार बझाङमा रहेका ६० जना थुनुवा तथा कैदीबन्दीलाई मास्क वितरण गरेको छ । जिल्ला कारागार बझाङमा कोरोना भाइरस तथा कोभिड–१९ को सर्तकताका लागि हातधुने डिटोल साबुन ६० र मास्क ६० ओटा वितरण गरेको छ ।
कारागारमा रहेका थुनुवा कैदीबन्दीलाई समाजले वितरण गरेको साबुन र मास्कले थोरै भए पनि राहात मिल्नुका साथै हातधुने बानीको विकास हुने जिल्ला कारागार बझाङका जेलर झलक रोकायाले बताए । यसरी रोगको त्रास फैलिरहेको बेला मास्क र साबुन वितरण गरेकोमा समाजलाई थुनुवा नाइके हिक्मत खड्काले धन्यवाद दिए ।
जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई भने साबुन पानिले हात धुन र मास्क प्रयोग गर्नका लागि उक्त सामाग्री वितरण गरिएको प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बताए । २०६० सालमा स्थापना भएको प्रगातिशिल युवा समाजले विभिन्न स्थानीय तहमा स्वास्थ्य शिक्षा तथा जिविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ ।
सत्यराज सिंह ।