सूचनाको शक्ति - The Power Of Information

        

माटोको डिस्कोले पुरिएर दुई घाइते

बझाङ । माटोको डिस्कोमा पुरिएर दुई जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका–३ मा पर्ने आमपाटा भन्ने ठाउँमा माटो कोर्ने क्रममा ढिस्को झरेपछि दुई जना घाइते भएका हुन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–३ की ४५ बर्षिया जलादेवी रोकाया र २५ बर्षिया तुलसा रोकाया घाइते भएका हुन् । स्थानीयले माटोको ढिस्कोमा च्यापिएको थाहा पाएपछि दुवै जनालाई माटो बाहिर निकालेको थिए ।

घाइते दुबैको कम्मरको हड्डिमा चोट लागेको र घाइते जलादेवी रोकायाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ भने तुलसालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालका सिमखेतका डा.सन्दिप ओखेडाले बताए । बझाङमा नयाँ बर्षको सुरुवातसँगै घर पोत्नका लागि माटो ल्याउन जाँदा बर्षेनि माटोको ढिस्कोले पुरिएर धेरैको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १३:०८