सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको फोक्सोमा अधिक क्षति (भिडियोसहित)

न्युयोर्क । नोभेल कोरोना भाइरसको संक्रमणले मानिसको फोक्सोमा अधिक क्षति भएको भिडियो सार्वजनिक भएको छ । कोरोना संक्रमण पुष्टि हुनुभन्दा केही दिनअघिसम्म लक्षण नदेखिएका ५९ वर्षीय एक व्यक्तिको फोक्समा कोरोना भाइरसले अधिक क्षति पुर्याएको भिडियो सार्वजनिक भएको हो ।

अहिले उनको फोक्सले राम्रोसँग काम गर्न छोडेको वाशिङ्टन डीसीस्थित जर्ज वाशिङ्टन विश्वविद्यालय अस्पतालका थोरासिक सर्जरी प्रमुअ डा.केथ कोर्टम्यानले बताएका छन् । अस्पतालले संक्रमित बिरामीको फोक्समा अधिक क्षति र्पुयाएको भिडियो सार्वजनिक गरेको हो ।

‘यो ७०–८० वर्ष पुरानो इम्युनोसप्रेस्ड भएको मधुमेहको बिरामी होइन,’ मोर्टम्यानले भने, “उनलाई उच्च रक्तचापबाहेक अन्य कुनै समस्या थिएन । उनी आफ्नो बारेमा मात्र सोच्ने मानिस हुन् । यदि हामीले ३६० भिआर तस्बिरलाई दोर्होयौं भने त्यो एक सातापछि हुने अवस्था हो । संक्रमणको अवस्था थप नाजुक बन्नसक्ने जोखिम अधिक छ ।’

भिडियोमा देखाइएको पहेँलो भाग फोक्सो जलेको अवस्थामा छ । फोक्सोको दुबै भाग सुख्खा हुँदै गएका छन् । भिडियोमा संक्रमण निकै तीव्र र आक्रामक दरमा फैलिरहेको देख्न सकिन्छ । सीएनएन

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १२:३९