सूचनाको शक्ति - The Power Of Information

        

बेलायती राजकुमारलाई कोरोना संक्रमण

लण्डन । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड–१९ पोजेटिभ देखिएको हो । क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ ।

अहिले उनको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ । राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएपछि उनकी पत्नी क्यामिलालाई पनि आइसोलेसनमा राखिएको छ । बेलायतमा अहिलेसम्म ४४२ जनाको ज्यान गइसकेको छ । यहाँ ८ हजारभन्दा धेरै नागरिक संक्रमित भएका छन् । कोरोना भाइरसले इटालीमा पछिल्लो २४ घण्टायता ७४३ जनाको ज्यान गएको छ ।

अहिलेसम्म संक्रिमतको संख्या ६८ हजार १७६ पुगिसकेको छ । इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८२० पुगिसकेको छ । अहिलेसम्मा विश्वका १९४ देशमा कोरोना भाइरस पुगिसकेको छ । १८ हजार ९०५ जनाले ज्यान गुमाइसकेका छन् । ४ लाख २८ हजार २७१ जना संक्रमित छन् । १ लाख ९ हजार ९६१ जना बिरामी सन्चो भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १८:२४