सूचनाको शक्ति - The Power Of Information

        

भीरमा अड्किएका युवाको उद्दार समस्या

बझाङ । बझाङका एक युवा लडेर भीरमा अड्किएका छन् । सुर्मा गाउँपालिका–२ का २३ बर्षिय शेरबहादुर बोहरा मंगलबार धौलाका ठेक भन्ने ठाउँबाट लडेर भीरमा अड्किएको सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर आएको भए पनि हेलिकोप्टरसमेत बस्ने ठाँउ नभएका कारण फर्किएको छ । उनको उद्दारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष बोहराले जानकारी दिए । मंगलबार घरबाट पुरानो जडीबुटी ल्याउन लेक जाने क्रममा धौलाका ठेक भन्ने ठाउँमा भीरबाट लडेरका बोहरा गम्भीर घाइते भएको स्थानीय दिनेश बोहराले जानकारी दिए ।

चारैतिर भीर भएको र हेलीकोप्टर समेत बस्न सक्ने अवस्था नरहेकाले उद्दारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । आफन्तले गम्भीर घाइते अवस्थामा फेला पारेपछि सुर्मा गाँउपालिका र जिल्ला प्रशासनको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास गरे पनि उक्त प्रयास असफल भएको छ ।

गाउँका झण्डै ३० जना स्थानीयहरु भीरमा अड्किएका बोहरा नजीकै पुग्न सफल भएका छन् । भीरको तलमाथि वरपर जान निकै समस्या हुने भएका कारण घाइतेको उद्दार गर्न नसकिएको स्थानीयहरुले बताएका छन् । गम्भीर घाइते बोहराको कम्मर, टाउको, आँखामा चोट रहेको बुझिएको छ । बोहराको उद्दारका लागि स्थानीयबासी, गाँउपालिकाका जनप्रतिनिधि, प्रहरी, नेपाली सेना र स्थानीय प्रशासनले पहल गरिरहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १८:११