सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीले सार्वजनिक गरिन् आफ्नै छोराको ‘नाङ्गो’ भिडियो

काठमाडौं । सरकारले मुलुकलाई ‘लकडाउन’ गरेर कोरोना भाइरससँग जुधिरहेका बेला खानेपानी तथा सरसफाइमन्त्री बिना मगर भने घरमा छोरो खेलाएर बसेको भिडियो ट्वीटरमार्फत सेयर गरेकी छिन् । ललितपुरको खुमलटारमा रहेको घरको बाहिर बगैचामा छोरालाई तेल लगाएर बसेको भिडियो मन्त्री मगरले मंगलबार सर्वजनिक गरेकी हुन् ।

उनले सो भिडियो कुनै सम्पादन नगरेर सार्वजनिक गरेकी छिन् । छोराको हेरचाह गर्नु मन्त्री नै भएपनि आमा भएका कारण मगरको दायित्व र जिम्मेवारी हो । तर मन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफ्नै छोराको नाङ्गो भिडियो बनाएर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्नु उचित होइन भन्ने टिप्पणीहरू आएका छन् ।

सो भिडियोमा टिप्पणी र रिट्वीट गर्नेहरूले मन्त्री मगरको आलोचना गर्दै भिडियो हटाउन सुझाव दिएका छन् । भिडियो सार्वजनिक गर्नु नै थियो भने छोरोको गोप्य अंग र आँखा लुकाइदिएर सार्वजनिक गर्नुपर्ने थियो । ‘लकडाउन’का बेला कोरोना भाइरससँग जुध्न सरकारको आह्वानमा सर्वसाधारणहरू घरमै बसेका छन् ।

यो अवस्थामा मन्त्री मगरको मन्त्रालयको सबैभन्दा ठूलो महत्व छ । उनकै मन्त्रालयले सरसफाइको विषयमा जनचेतना दिनेदेखि ठाउँठाउँमा हातधुने व्यवस्थादेखि शौचालयको व्यवस्था गर्नुपर्छ । मन्त्री मगरको मन्त्रालयबाट वा उनको फेसबुक र ट्वीटरबाट ती कार्यहरू गरेको भिडियो तथा सामाचारहरू आएका छैनन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार ०९:२६