बाँके । भारतका १ खर्ब ३० लाख मानिस मंगलबार मध्यरातदेखि तीन साता लामो लकडाउनमा गएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ यसको जानकारी गराएका हुन् । भारतमा संक्रमितको संख्या ५०० नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ ।
‘भारतलाई बचाउन सबै नागरिक, सबै गल्ली र सबै क्षेत्र लकडाउनमा राखिनेछन्,’ मोदीले देशबासीको सम्बोधनका क्रममा भने । स्वास्थ्य अनुसन्धानकर्ताहरुले मध्य अप्रिलसम्म भारतमा १० लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा पर्ने प्रक्षेपण गरेपछि मोदीले यो घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
सत्यपाटी ।