सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर : भाटभटेनी सुपरमार्केट बन्द, अत्यावश्यक सेवा यथावत

बाँके । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालगन्जस्थित भुजईगाँउमा एक महिनाअघि खुलेको भाटभटेनी सुपरमार्केट बन्द गरिएको छ । तर, अत्यावश्यक सामाग्रीको कारोबार भने यथावत राखिएको जनाउँदै ब्यवस्थापक विनोद भट्टराईले अत्यावश्यक सामाग्रीको कारोबार बाहेकका अन्य सेवा बन्द गरेको बताए ।

कोरोना भाइरसको संक्रमण बढेसँगै राज्यले गरेको निर्णयको अक्षरस पालना गर्दै भाटभटेनीले खाद्यान्नको कारोबार बाहेकका अन्य सबै कारोबार बन्द गरेको ब्यवस्थापक भट्टराईले जानकारी दिए । उनका अनुसार भाटभटेनीको तल्लो फ्लोर बाहकेका अन्य फ्लोरमा कुनैपनि कारोबार गरिएको छैन ।

भारतको बहराइचमै कोरोना भाइरसको संक्रमण भेटिएपछि उच्च जोखिममा रहेको नेपालगन्जलाई लकडाउन गरिएसँगै भाटभटेनीले पनि अत्यावश्यक सामाग्री बाहेकका अन्य सामाग्री विक्री वितरणमा बन्द गरेको भट्टराई बताउँछन् ।

यसअघि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ्गले आमनागरिकको समस्यालाई मध्यनजर गर्दै भाटभटेनीको सेवा बन्द नहुने र मूल्य पनि यथावत रहने बताएका थिए । अत्यावश्यक सामाग्रीको मुल्य यथावत नै राखेको भाटभटेनीले जनाएको छ । यद्यपी भाटभटेनीमा सामान खरिद गर्न जाँदा आमनागरिकको स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश गराउने गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार १३:११