सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर : डलरको भाउ बढ्यो, नेपाली रुपैयाँ सर्वाधिक कमजोर

काठमाडौं । अमेरिकी डलरको १२० रुपैयाँ ६८ पैसा पुगेको छ । एकैदिन डलर ४० पैसाले बढेको हो । बिहीबार डलरको भाउ ११९ रुपैयाँ ११ पैसा थियो । शुक्रबार बढेर १२० रुपैयाँ २८ पैसा पुगेको थियो । अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ ।

१४ को हाराहारीमा रहेको डलर आइतबारसम्म १२० रुपैयाँमाथि उक्लिएको छ । चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन् । यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ । कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ ।

लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन् । डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । तर यसपाली कोरोनाका कारण डलरको भाउ बढे पनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन् । यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार ०९:५६