सूचनाको शक्ति - The Power Of Information

        

कोरोना रोकथाम : घरमै बस्नुस् ‘सेल्फ क्वारेन्टाइन’

बाँके । कोरोना रोकथामका लागि व्यक्तिगत प्रयास नै महत्वपूर्ण हुन्छ । यस्तो बेलामा सरकारले उपचारको नेतृत्व गर्ने भए पनि जनताको भूमिका नै सबैभन्दा बढी महत्वपूर्ण देखिएको छ । ‘सोसल डिस्टेन्सिङ मेन्टेन’ गर्नु सबैभन्दा महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । सार्वजनिक स्थानमा नजाने, धेरै मान्छे एक ठाउँमा भेला नहुने भनेर सरकारले पनि निर्देशन दिइसकेको छ ।

त्यसैले अत्यावश्यक काम छैन भने घरबाट बाहिर निसक्नु हुँदैन । सकेसम्म सार्वजनिक सवारी साधनको प्रयोग गर्नुहुँदैन । प्रयोग गर्न परे पनि भीडभाड नभएको बसमा यात्रा गर्नुपर्छ । रूघाज्वरो छ भने घरमै बसेर उपचार गर्नुपर्ने भन्दै डाक्टर दासले श्वास फेर्न गाह्रो भयो, खकार निस्कियो र खकारमा रगत देखियो अनि छाती कडा भयो भने तत्काल नजिकैको स्वास्थ्य संस्थामा जानुपर्छ । यदि रूघाखोकी र ज्वरो आएमा घरमै आराम गर्ने र सिटामुल खान सकिन्छ ।

यो रोग अस्पतालबाटै धेरै फैलिएको छ । यदि अत्यावश्यक छैन भने तपाईं अस्पताल नजानुस् । सामान्य समस्याका लागि अस्पताल जान जरूरी छैन । यदि बिरामी छ भने एक जनामात्रै कुरूवा बसिदिनुस् । जसले गर्दा कोभिड–१९ को तयारी गर्न पाइयोस् । कोरोना रोकथामका लागि ‘सेल्फ क्वारेन्टाइन’ उपयुक्त हुने भए पनि सबैले यस्तो गर्न सम्भव छैन । हाम्रो सामाजिक बनावट हेर्दा सेल्फ क्वारेन्टाइन कठिन छ । कम्तीमा एक मिटरको ‘डिस्टेन्ट मेन्टेन’ गर्नुपर्छ । हाच्छिउँ र खोक्दा नाकमुख छोप्नुपर्छ । जथाभाबी अनुहार छुनुहुँदैन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार ०९:३९