सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर : भारतमा ‘जनता कर्फ्यू’

फाइल तस्वीर

फाइल तस्वीर

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशवासीसँग ‘जनता कर्फ्यू’का दिन बिहान ७ बजेदेखि राती ९ बजेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । यतिबेला श्रीनगर र बेंगलुरुजस्ता शहरमा कर्फ्यू लागेको जस्तो स्थिति हुनेछ । प्रशासनले पनि यस्तै बयान दिएको छ ।

कश्मीरमा हिंस्रक घटनाको इतिहास भएकोले प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । यस्तै, बेंगलुरु पुलिसले अनावश्यक रुपमा घरबाट बाहिर निस्कनेलाई कारवाहीको चेतावनी दिएको छ । यद्यपी, दिल्ली पुलिसले कुनै प्रकारको कठोर कदम नलिइने र कुनै जरिवाना पनि नतोकिएको जानकारी दिएको छ ।

कश्मीरमा ओहोरदोहोर प्रतिबन्ध

कश्मीरका इन्स्पेक्टर जनरल अफ पुलिस विजय कुमारले जनता कर्फ्यूको अपिल गरिएको बताउँदै कश्मीरमा मानिसहरुको ओहोरदोहोर र एक स्थानमा आवश्यकताभन्दा बढी व्यक्तिहरु जम्मा हुन प्रतिबन्ध लगाइने जानकारी दिए ।

यी प्रतिबन्धलाई कडारुपमा लागू गर्न अतिरिक्त प्रहरी बल तैनाथ गरिने पनि उनले जानकारी दिए । कुमारले भने, ‘हामीले जनतालाई अपिल गरिरहेका छौं । यसलाई जनता कर्फ्यूको नाम दिइएता पनि कश्मीरको इतिहास यस्तो छ कि पुलिस र सुरक्षा बल तैनाथ नगरी हामी प्रतिबन्ध लागू गर्न सक्दैनौं ।’

बेंगलुरुका प्रहरी प्रमुखले भने, ‘बिना काम घरबाट बाहिर निस्कँदा कारवाही हुने’

बेंगलुरुका प्रहरी प्रमुख भास्कर रावले मानिसहरुलाई बिना काम वा अत्यावश्यक नभइकन घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले भने, ‘बिना कारण घरबाट बाहिर निस्कनेलाई घातक रोगको संक्रमण फैलाउन लापरवाही गरेको र महामारीको आधारमा कारवाही गरिनेछ ।’

जनता कर्फ्यू नमान्नेलाई जरिवानाको कुरा अफवाह मात्रै भएको दिल्ली पुलिसले जनाएको छ । आइतबार जनता कर्फ्यू लागू गर्नका लागि जरिवाना लगाउने कुनै आधिकारिक घोषणा नगरिएको जानकारी दिँदै यस्ता कुरालाई पूर्ण रुपमा अफवाह बताएका छन् । दिल्ली पुलिसको कोरोना ट्वीट, ‘राहों मे उनसे मुलाकात हो गई ।’

केन्द्रले राज्यलाई भन्यो, साइरनको व्यवस्था गर

केन्द्रीय गृह सचिव अजय भल्लाले सबै राज्यका मुख्य सचिवसँग कुरा गरेका छन् । उनले सबै राज्यका वर्तमान ब्यूरोक्रेट्ससाग स्थानीय प्रशासनसँग कुरा गरेर आइतबार बेलुका ५ बजे साइरनको व्यवस्था गराउन आग्रह गरेका छन् । घरमै बसेर कोरोनासँग लड्न सहयोग गरेकोमा साइरन बजाएर जनतालाई धन्यवाद दिनका लागि यस्तो आग्रह गरिएको हो । मोदीले राष्ट्रको नाममा सम्बोधनमा यस्तो अपिल गरेका थिए ।

देशभरीका ३ हजार ७०० रेल बन्द

शनिबार मध्यरातदेखि आइतबार राती १० बजेसम्म भारतको कुनै पनि स्टेशनबाट कुनै रेल चल्ने छैनन् । रेलवेले देशभरी २ हजार ४०० यात्रु रेल र लामो दुरीका १३ सय एक्सप्रेस रेल नचलाउने निर्णय गरेको छ । त्यस्तै गो एयर र सबै इंडिगोको ४० प्रतिशत उडान रद्द गरिएके छ । गो एयरले आइतबार आफ्नो सबै उडान रद्द गर्ने निर्णय गरेको छ । यस्तै भारतको सबैभन्दा ठूलो एयरलाइन इंडिगोले आइतबार ६० प्रतिशत उडान रद्द गर्न निर्णग गरेको छ ।

मोदीले पुनः जनतासँग अपिल गरे

कोरोना के भय से मेरे बहुत से भाई–बहन जहां रोजी–रोटी कमाते हैं, उन शहरों को छोड़कर अपने गांवों की ओर लौट रहे हैं। भीड़भाड़ में यात्रा करने से इसके फैलने का खतरा बढ़ता है । आप जहां जा रहे हैं, वहां भी यह लोगों के लिए खतरा बनेगा। आपके गांव और परिवार की मुश्किलें भी बढ़ाएगा ।

सबै सपिङ मल बन्द रहने, पसल पनि नखोलिने

कन्फेडरेशन अफ अल इन्डिया ट्रेडर्सले जनता कर्फ्यूको समर्थन गर्दै आइतबार देशभरीका सबै पसल बन्द गर्ने घोषणा गरेको छ । भारतको लगभग सब राज्यमा सपिङ मल, ठूला मार्केट पनि बन्द रहनेछन् । यद्यपि, मेडिकल स्टोर भने खुल्ला रहनेछन् । यसबाहेक म्याकडोनल्डका सबै रेस्टोरेन्ट र आउटलेट पनि बन्द रहनेछन् ।

जेलमा बन्द कैदीलाई परिवारका सदस्यले पनि भेट्न पाउँदैनन् । जेलमा बन्द कैदीलाई आइतबारको दिन आफ्ना साथीभाइ–आफन्तसँग पनि भेट्ने अनुमती हुने छैन । धार्मिक स्थल पनि बन्द हुनेछन्, गोवाको चर्चमा सन्डे प्रेयर पनि हुनेछैन । भीडलाई जममा हुनबाट रोक्नका लागि थुप्रै ठूला मन्दिर पहिले नै बन्द भइसकेका छन् ।

आइतबार पनि भारत सबै मन्दिरमा मानिसहरुलाई रोक लगाइएको छ । गोवाको आर्कबिशप फिलिप नेरी फेराओले सबै चर्चमा ‘सन्डे प्रेयर’ पनि रद्द गरेको छ । दिल्लीको पनि पहाडगञ्जस्थित सेन्ट पिटर्स मार थोमस सिरियन चर्च र सेन्ट्रल दिल्लीस्थित क्याथेड्रल चर्चमा पनि सन्डे प्रेयर हुनेछैन । जम्मू–कश्मीर वक्फ बोर्डले पनि आइतबार हुने नमाज रद्द गरेको छ । यसबाहेक उत्तर प्रदेशको इस्लामी स्कूल दारुल उलूम देवबंद पनि आइतबारको दिन बन्द हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार ०८:१९