सूचनाको शक्ति - The Power Of Information

        

दाङमा ९ जुवाडे पक्राउ

दाङ । दाङमा जुवाखालबाट झण्डै ३ लाख नगद रकमसहित प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले २ लाख ८९ हजार १४ रुपैयाँ नगदसहित पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका–१४ को सरस्वती टोलमा रहेका बुढाथोकी समिर होटलमा कोठा भाडामा लिइ जुवा खेल्दै गरेका ९ जुवाडेलाई नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काका अनुसार पक्राउ पर्नेमा उपमहानगरपालिका–१० का ४३ बर्षीय मलबहादु डाँगी, २७ बर्षीय प्रेम पुन, ४० बर्षीय द्र्रोणबहादुर महरा, ५० बर्षीय गुमानसिंह डाँगी, ३१ बर्षीया बिष्णु बिसी भन्ने टपेन्द्र बिष्ट, २७ बर्षीय आकाश लम्साल, ३८ बर्षीय धनबहादुर वली र ३२ बर्षीय अनिल विक रहेका छन् । प्रहरीले केहिदिन अघिमात्र नजिकैको अर्को होटलमा जुवा तास खेल्दै गरेका १० जनालाई पक्राउ गरि कारबाही गरेको थियो । पछिल्लो समय दाङका होटलहरु जुवातासको अखडा बनेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १४:२९