सूचनाको शक्ति - The Power Of Information

        

वडाबासीको स्वास्थ्य परीक्षण गरिने

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ ले घुम्ती टोली बनाएर वडाबासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएका कारण त्यसबाट जोगिन वडास्तरमा सचेतना अभियान चलाउन सुरु गरिएको वडाध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए ।

वडा कार्यालयले घुम्ती टोली बनाएर भिडभाड हुने स्थानमा हेल्थडेस्क राखेर वडाबासीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । वडा कार्यालयले टोलटोलमा जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । वडाध्यक्ष हमालले जनचेतनामुलक प्रचार सामाग्री वितरण गरिने बताए । वडा कार्यालयले तत्काल ५० हजार रुपैयाँको कोष बनाएर कोरोनाविरुद्धको अभियान सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार ०८:३१