बझाङ । प्रगतिशिल युवा समाजको आयोजनामा जयपृथ्वी नगरपालिकास्तरीय सामुदायिक परिकल्पना सम्मेलन गरिएको छ । जयपृथ्वी नगरपालिकाको समन्वय, वल्र्ड भिजन इन्टरनेश्नल नेपाल को आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा वल्र्ड भिजनले नगरपालिकाभित्र काम गर्ने चार वटा वडाहरुमा गरेको नमुनाको पनि समिक्षा गरिएको थियो ।
कार्यक्रममा आगामी दिनहरुमा कसरी अघि बढ्ने बिषयमा कार्यक्रममा उपस्थित जिल्ला समन्वय समितीका प्रमुख, जयपृथ्वी नगरपालिकाका प्रमुख, उपप्रमुख, नगरपाकिाकाका बिषयगत कार्यालयमा प्रमुखहरुले आगामी पाँच बर्षे कार्य योजनासमेत तयार पारेका छन् । कार्यक्रममा सरोकारवालाहरुले आगामी पाँच बर्षभित्र नै परिकल्पना हासिल गर्ने रणनीतिका साथ, शिक्षा, स्वास्य, सुशासन दिगो बिकासको आधार, जयपृथ्वी नगरपालिकाको बिकासकोे आधार भन्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका प्रमुख बिरेन्द्रबहादुर खड्काले वल्र्ड भिजनले छोटो समयमा धेरै राम्रो प्रयास गरेको भन्दै आगामी दिनहरुमा पनि समाज बिकास तथा बालबालिकाको क्षेत्रमा वल्र्ड भिजनले अघि सारेका कामलाई नगरपालिकाले आबश्यक सुझाव, सल्लाहका साथै सहयोग गर्नेसमेत बताए ।
सत्यराज सिंह ।