सूचनाको शक्ति - The Power Of Information

        

लोकसेवाका सबै परिक्षा स्थागित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कोले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सरकार लोकसेवा आयोगले एक महिना परिक्षा स्थागित गरेको छ ।

आयोगको आज बसेको बैठकले चैत ८ देखि चैत मसान्तसम्म सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगका उपसचिव एकनारायण अर्यालका अनुसार निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १४:५७