
बाँके । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा पनि कोरोना आतंक मच्चिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा २१ संक्रमित फेला परेका छन् । जुन भारतमा कोरना फैलिने राज्यमध्ये तेस्रो नम्वरमा परेको छ ।
उत्तर प्रदेशमा कोरना फैलिएपछि नेपालभित्र छिर्न सक्ने सम्भावनासमेत बढेको छ । नेपाल–भारत खुला सीमा भएको र वैवाहिक सम्वन्ध तथा आवतजावत चल्ने हुँदा सीमापारी जाँदा सर्तक हुनुपर्ने देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयको वेभसाइट अनुसार भारतमा १४८ कोरोना संक्रमित बिरामी फेला परेका छन् ।
जसमध्ये १४ जना निको भई डिस्चार्ज भएका छन् । भारतमा मर्नेको संख्या ३ पुगेको छ । उत्तर प्रदेशमा ५ जना निको भई घर फर्किएका छन् । १५ जना स्थानीय र १ जना बाहिरबाट आएका व्यक्तिलाई कोरोनाको संक्रमण भएको मन्त्रालयले जनाएको छ । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा रहेको छ ।

सत्यपाटी ।