
काठमाडौं । यतिखेर यत्रतत्र सर्वत्र कोभिड–२०१९ नाम दिइएको नयाँ प्रजातिको कोरोना भाइरसको चर्चा र आतंक छ । कुन बेला कुन देशमा भाइरसको संक्रमण हुन्छ ठेगान छैन । नेपाल पनि यो भाइरसको उच्च जोखिममा छ । उपचार पद्धति पत्ता नलागेकाले भाइरसबाट बच्न घरेलु उपाय नै अपनाउनुपर्ने हुन्छ ।
भाइरसले कहिलेकाहीँ अत्यन्तै खतरनाक रोगहरु फैलाइदिने गर्छ । त्यस्ता रोगहरु अत्यन्तै घातक हुने गर्छन् । त्यसले विश्वमा ठूलो नर संहार फैलाइदिन सक्छ, आतंकको वातावरण सिर्जना गरिदिन सक्छ । अहिले संसारभरि चलिरहेको कोरोना भाइरसको महामारी त्यसैको एउटा ताजा नमूना हो ।
यसअघि फैलिएको सार्स, मेर्स र बेलाबेलामा फैलिने गरेको वर्डफ्लू वा स्वाइनफ्लूहरु पनि भाइरसकै कारण सिर्जना हुने महामारीजन्य रोगका नमूना हुन् । कोरोना भाइरसका कारण पूरै विश्व नै त्रसित छ । कोराना भाइरसको उपचारको लागि हालसम्म कुनै औषधी र भ्याक्सिनको उत्पादन गरिएको छैन । यसैकारण पनि हामीले बेलैमा विषेश सावधानी अपनाउनुपर्छ ।
अहिलेको अवस्थामा यस्ता कुनै पनि भाइरसबाट बच्नको निमित विविध उपाय अपनत्व गर्दै आएका छौं र विभिन्न खाले माक्सको प्रयोग गर्दै आइरहेका छौं । तर कोरोना भाइरस जब मानिसको शरीरभित्र प्रवेश गर्छ अनि त्यो बेला मास्क पनि व्यर्थ हुन्छ । र यसले कुनै असर पु¥याउदैन् । त्यसैले सबैभन्दा उत्तम उपाय भनेको नागरिक स्वंयव सतर्क हुनु हो ।
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । त्यसैले रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने हात नमिलाउने र सजग हुनुपर्दछ । चिकित्सकका अनुसार भाइरसलाई शरीरमा प्रवेश नै गर्न नदिने सबैभन्दा सजिलो र सरल उपाय हात धुनु नै हो ।
हात धुने भन्दैमा हामी जस्तो पायो त्यस्तै तरिकाले धुदा हातमा भएका भाइरस नजान सक्छ त्यसैले पनि हात धुदा विधि पुर्याएर धुनुपर्ने चिकित्सकको सुझाव छ । हात सफा पानीले भिजाउने अनि हातमा राम्रोसँग साबुन लगाउने । साबुन र पानी छुट्टै होइन, सँगसँगै भयो भने किटाणु हटाउनका लागि सबैभन्दा प्रभावकारी हुन्छ ।
साबुनलाई दुई हातको बीचमा राखेर खुब रगड्नुहोस्। दुई हातका औंलाहरु आपसमा बल्झाएर केहीबेरसम्म मिच्नुहोस् । नङको भित्र, हातको पञ्जा, अगाडि, पछाडि साबुन लगाएर मिच्नु पर्दछ । यसरी छालाको घर्षणका कारण किटाणुहरु नष्ट हुन्छन् र फोहोर पनि निस्किन्छ । यदि किटाणु भए पनि त्यही घर्षणमा मिचिन्छ ।
कम्तीमा २० सेकेन्डजति हातहरु एक आपसमा औंलाहरु बीचमा बल्झाएर रगड्नु पर्दछ । यसो गर्नाले त्यसबाट शुक्ष्म किटाणुहरु पनि नष्ट हुनसक्छन् । त्यसपछि सफा पानी फेरि हातमा खन्याउने वा धारामा हात पखाल्दा पनि हात बेस्सरी मिच्नुपर्दछ । यसरी मिचिमिचि हात धुदा शरीरबाट शुक्ष्म किटाणुहरु लगभग नष्ट गर्न सकिन्छ ।
हात धोइसकेपछि एउटा सफा टवेल वा रुमालले हातलाई विस्तारै पुछने वा तातो हावामा एकछिन राख्ने गर्नुपर्दछ । चिसो हातमा भारइसहरु सजिलै पस्न पनि सक्ने हुदा, तिनलाई केही बेर सुकाउन आवश्यक रहेको चिकित्सकको सुझाव छ । त्यसैगारी कोरोना संक्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ ।
एकसाता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ । वुहान सहरबाट फैलिएको यो सङ्क्रमणकै कारण विश्वभर फैलन सक्ने अनुमान गरिएको छ । चीनले कोरोना भाइरसबिरुद्ध लड्नका लागि हरसम्भव कसरत गरिरहेको छ । ६ दिनमा नै १० हजार जनाको उपचार गर्नसक्ने गरी बनाउन आँटेको अस्पतालको पनि संसारभर चर्चा छ ।
अनेकौँ प्रयास गरिरहेको चीनले यसको औषधि पनि बनाएको खबर प्राप्त भएको छ । चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइनाका अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरसबिरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको छ । उक्त पत्रिकाका अनुसार यसको सफल परिक्षण पनि गरेको छ । यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको छ ।
जसका अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसबिरुद्ध लड्नका लागि स्प्रेको बिकास गरी सफल परीक्षणसमेत गरिसकेको छ । यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रेलाई मुखमा छर्केर कोरोना भाइरसबिरुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गर्न सकिन्छ । यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको छ ।
हुन त सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्षसम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पिपुल्ड डेली चीनको ट्वीट कमेन्टमा पढ्न पाइन्छ । यदि यो खबर सत्य हो भनें यस महामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।
सत्यपाटी ।