सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा पाँच दिने पत्रकारीता तालिम सुरु

बाँके । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ मा पाँच दिने पत्रकारीता तालिम सुरु भएको छ । नेपालगन्ज वडा नं.४ को सहयोग तथा मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र नेपालगन्जको आयोजनामा बिहिवारदेखि नेपालगन्जमा ५ दिने मानवअधिकार सम्वेदनशील पत्रकारीता तालिमको शुरू भएको हो । तालिममा १० जनाको सहभागिता रहेको छ ।

तालिममा प्रशिक्षकका रुपमा पत्रकारहरु निरज गौतम, शंकर खनाल, मधु शाही र डक्टप्रसाद धिताल रहेको संस्थाका अध्यक्ष आलम खानले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै नेपालगन्ज वडा नं.४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकारिता माध्यमबाट नै समाजमा रहेका अन्धबिश्वास, कुरितीजस्ता कुरालाई हटाई सभ्य समाज बनाउन पत्रकारिता तालिमबाट सहयोग हुने बताए । कार्यक्रममा वडा नं. ४ नम्बर वडाका सदस्यहरु मेनुका बैदी, इन्दिरा शाही, जयप्रदा कोरी तथा वडासचिव गौरीकुमारी शाही, हुरीपपका उपाध्यक्ष मोहम्मद ज्याउल हक लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार ०७:५९