बीबीसी । बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्री डोरीजले आफूमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् ।
उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेको बिबिसीले जनाएको छ । कोरोनाका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित भएको बताएकी छिन् । आमालाई पनि सामान्य रुघाखोकी लाग्न थालेको उनले बताएकी छन् ।
सत्यपाटी ।