
बाँके । बाँकेको जानकी गाउँपालिका–३ खजुरा रोडस्थित चप्पल कारखानामा भीषण आगलागी भएको छ । अमरदिप सिंह र मनु केडिया सञ्चालक रहेको जय सियाराम मेनुफ्याक्चरिङ्ग ईण्डष्ट्रीज प्रालिमा मध्यरातमा आगलागी हुँदा एक करोड बढीको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
राती १ बजे लागेको आगो विहान ८ बजेमात्रै नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । नेपालगन्जमा रहेको दुईवटा दमकलले आगो निभाउन नसकेपछि छिमेकी जिल्ला बर्दिया र नेपालगन्ज बिमानस्थलमा रहेको थप तीन वटा दमकल झिकाएर आगलागी नियन्त्रणमा दिएको ओलीले बताए ।
सत्यपाटी ।