सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध

दोहा । नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।

कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ)ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ । उक्त निर्णय कोरोना भाइरस (कोभिड–१९)लाई विश्वव्यापीरुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।

जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोना भाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ । ‘यो निर्णयले माथि उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा अन अराइल भिसा पनि समावेश छ, कामदार र पर्यटक दुबैका लागि ।’ कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार ०८:५३