सूचनाको शक्ति - The Power Of Information

        

आफैंलाई गोली हान्ने प्रहरी जवान घाइते

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जमा पठाइएको र घटनामा अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतवार १०:५५