सूचनाको शक्ति - The Power Of Information

        

हरेक ठाउँमा अर्थपूर्ण सहभागिता हुनुपर्छ

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस

हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको ईतिहास बर्तमान र भविष्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गर्दै, बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा ८ मार्च स्वयंमा जागरण, एकता र संर्घष र प्रतिवद्धताको दिन पनि बन्ने गरेको छ ।

कुनै अस्तित्वमा रहेको मातृसत्ता समय क्रम्म पृतिसत्ता परास्त हुनु पुगेसँगै क्रमशः महिलाहरु दोस्रो दर्जाको नागरिक बन्न बाध्य भए । राजनीतिक आर्थिक, सामाजिक, एवं संस्कृतिक सबै दृष्टिले अधिकारविहीन भएका पुरुषको सेवक र मनोरञ्जनको साधन बन्न पुगे । सोही अनुरुपको संवैधानिक व्यवस्था र सामाजिक मुल्यसमेत तयार हुँदै गए । मानवीय मुल्यको आधा भार बोकिरहेका महिलाहरु त्यसरी दोस्रो दर्जाको नागरिक बनि रहन सक्ने कुरा सम्भव हुँदैन्थ्याँे र हुँदैँन पनि । आफुमाथिको दम र विभेदका विरुद्धमा महिलाहरुले बिभिन्न प्रकारका विरोधहरु जनाउन सुरु गरे ।

संगठित आवाजहरु उठाउन सुरु गरे । कत्तै अधिकारका लागि कुरा उठाउन सुरु गरे । कत्तै समान कामको समान ज्यालाको निम्ति आवाज वुलुन्द गर्न थाले । बिभिन्न मुलुकमा हुँदै आएका महिला आन्दोलनको समान स्वरुप ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय पहिलो पटक समाजबादी नेतृ कलाराष्जेर्कीण पहलमा सन् १९११ को दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले गर्यो । ८ मार्चको भावना पृतिसत्तामाथी मातृसत्ताको पुर्णस्थापना नभएर सवै क्षेत्रमा समानता हो । समानताको अर्थ सवै अधिकारको प्राप्ति र त्यसको निर्वाध प्रयोग हो । एक शताव्दीभन्दा केही बढी वर्ष बितेका छन् । यस क्रम महिलाहरुले बिभिन्न क्षेत्रमा अधिकार प्राप्त गदै आएका छन् । तर प्राप्त अधिकार अझै प्रयाप्त छैनन् ।

तसर्थ यस क्रम प्राप्त भएका उपलव्धि र अधिकारहरु प्रति गौरव गर्दै थप अधिकार प्राप्तिका निम्ति अझ सुसंगठित भएर लाग्नु वर्तमान आवश्यकता हो । नेपालको सन्दर्भमा हेर्दा भेदभाव विना समान बंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धि हक, राज्यका सवै निकायमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक, महिलाहरुलाई सकरात्मक विभेदका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक, सम्पत्ती र पारिवारिक मामलामा दम्पतीको समान हक, महिलाविरुद्ध हुने कुनै खालको हिंसा कुनै पनि नाममा गर्न नपाइने कुराको मौलिक अधिकार हो भन्ने संवैधानिक व्यवस्था हुनु आफैमा ठुलो उपलव्धि हो ।

यो अधिकार प्राप्तिका लागि संर्घषका क्रम नेपाली महिलाले प्राप्त गरेको महत्वपूर्ण अस्त्र वा साधन पनि हो । संविधानमा व्यवस्था गरिएका अधिकार को महिलाहरुले केही हदसम्म उपयोग गर्न सुरु गरेका छन् । संविधानले गरेका विशेष अधिकारको उपयोगका अलवा बिभिन्न क्षेत्रमा महिलाले आफ्नो विशेष क्षमता पनि प्रर्दशन गर्दै आएका छन् । चाहे, जनयुद्ध, जनआन्दोलनको अग्रमोर्चामा महिलाले खेलेको भूमिका होस् । चाहे राष्ट्रप्रमुख, न्यायलय प्रमुख, व्यवस्थापिका प्रमुखमा महिलाहरुले कुशलतापूर्वक निवाह गर्दै आएका जिम्मेवारीको विषय होस् । चाहे हिमाल आरोहणका साहसिक र विरतापूर्ण कार्यहरुमा होस् । चाहे अन्य सामाजिक सेवाहरुका क्षेत्रहरुमा नेपाली महिलाहरुले आफ्नो कर्मद्धारा नेपाली महिलाको हैसियत र महत्वलाई उजागर गर्दै आएका छन् ।

यी विषय पनि नेपाली महिलाहरुको निम्ति उत्तिकै गौरव गर्न लायक छन् । विद्यालय जाने छोरीहरुको संख्य बढ्दै छ । मातृमृत्युदर घट्दो अवस्थामा छ । घरदैलो भित्रको काममा सिमीत महिलाहरुको ठुलो संख्य घर बाहिरको उत्पादनशिल क्षेत्रमा पुरुषसँग काँधमा, काँधमा जोडेर भाग लिन सुरु गरेका छन् । यी विषयहरु महिलामुक्तीका सुखद् पक्षहरु हुन् । माथि उल्लेखित उपलव्धि र गौरवको चर्चा गरिरहँदा हामीले यो पनि बिर्सनुहुँदैन । यी समानताको आन्दोलनलाई पूर्णता दिन र त्यसको सम्पूर्ण रुपमा व्यवहारिक कार्यान्वयन गर्न अझै बाँकी रहेको छ ।

त्यसका निम्ति हामीले अझै संगठितरुपमा आवाज उठाई रहनुपर्नेछ । राजनीतिक पक्षमा ५० प्रतिशत सहभागिताको कुरा, आर्थिक सामाजिक रुपले अंश र वंशमा समान हकको कुरा लागु गर्न थप मेहनत गर्नुपर्दछ । छोरी जन्मिदा पीडाबोध गर्ने समाजमा छोरा जन्मिदा अनिवार्य ठान्ने हाम्रा सामाजिक मुल्य केही हदसम्म कायम छन् । समान कामको समान ज्याला प्राप्ति र योग्यता अनुसारको काम प्राप्त गर्ने कुरा पनि सममस्य रहँदै आएका छन् । बालिका र वृद्धाहरुसमेत यौनहिंसाको सिकार बन्ने घटनाहरु महिलाहरुको समान अधिकारको अभियानमा केही चुनौतीहरु बनिरहेका छन् । ८ मार्चले समाधानका निम्ति सवैलाई संगठितरुपमा लाग्न प्रेरित गर्नुपर्दछ । यसको निम्ति हामी सवैलाई ८ मार्चको प्रेरणा मिलोस भन्ने शुभइच्छासहित शुभकामना व्यक्त गर्दछु । (लेखक पूर्व शान्ति तथा पुनःनिर्माणमन्त्री एवं प्रतिनिधिसभा सदस्य हुन् ।)

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतवार ०९:१४