
काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंसिक बदली रहेको छ ।
हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार, आज पश्चिमी भूभागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राती देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने साथै मध्य तथा पूर्वी भूभागमा आंसिकदेखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिनासहित वर्षाको सम्भावना रहेको छ ।

सत्यपाटी ।