सूचनाको शक्ति - The Power Of Information

        

वामदेव राष्ट्रियसभाका सदस्य बन्ने पक्का

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रियसभाका सदस्य बन्ने भएका छन् । उनलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्न नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने छ ।

नेकपाको बुधबारको केन्द्रीय सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयका लागि सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन गर्ने छिन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार गौतमलाई पठाउने निर्णय भएको हो । ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनीत हुने व्यवस्था छ ।

राष्ट्रपतिबाट मनोनीत भएका युवराज खतिवडाको कार्यकाल यही फागुन २०गतेदेखि सकिन लागेको छ । खतिवडाको दुई वर्षे कार्यअवधि सकिएपछि त्यस स्थानमा गौतमलाई लगिन थालिएको हो । यसअघि उनले आफू प्रधानमन्त्री बन्ने बाटो खोलिदिए मात्रै सभाको सदस्य बन्ने अडान लिँदै आएका थिए । तर त्यसको चौतर्फी विरोध भएपछि सभाको सदस्यमात्रै बन्न गौतम राजी भएका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १४:५०