सूचनाको शक्ति - The Power Of Information

        

फिल्म शुटिङमै गर्भवती भएका बलिउड अभिनेत्री

बलिउड फिल्मका स्टारहरु फिल्म र कामप्रति निकै समर्पित हुन्छन् । उनीहरु कामप्रति कुनै लापरबाही गर्दैनन् । हरेक कामलाई निकै मेहेनत र परिश्रमका साथ निभाउने गर्छन् । बलिउडमा शारीरिकरुपमा कमजोर हुँदाहुँदै पनि कामलाई निरन्तरता दिने अभिनेत्री पनि छन् । उनीहरुले आफू गर्भवती भएको जान्दाजान्दै पनि फिल्ममा काम गरेका थिए ।

काजोल

बलिउडकी सदाबहार अभिनेत्री हुन् काजोल । उनी आफ्नो कामप्रति पनि निकै गम्भीर छिन् । उनले गर्भवती भएकै समयमा फिल्मको शुटिङ गरेकी थिइन् । उनी सन् २०१० मा ‘वी आर फेमिली’ को शुटिङमा गर्भवती थिइन् । फिल्म सकिएपछि उनले छोरा युगलाई जन्म दिएकी थिइन् ।

जुही चावला

बलिउड अभिनेत्री जुही चावलाले फिल्ममा निभाउने भूमिका र अभिनयका कारण उनी लोकप्रिय छिन् । उनले ‘झंकार बीट्स’मा गर्भवती हुँदाहुँदै काम गरेकी थिइन् । उनी अहिले दुई बच्चाकी आमा बनेकी छिन् ।

जया बच्चन

आफ्नो समयकी चर्चित नायिका जया बच्चनले गर्भवती हुँदाहुँदै पनि फिल्मको शुटिङ गरेकी थिइन् । उनले ‘शोले’ को शुटिङमा अभिताभसँग विवाह गरिसकेकी थिइन् । र फिल्मको शुटिङकै क्रममा उनी गर्भवती भएकी थिइन् । फिल्म सकिएपछि उनले श्वेतालाई जन्म दिइन् ।

श्रीदेवी

सन् १९९७ मा फिल्म ‘जुदाई’ को शुटिङको क्रममा श्रीदेवी शुटिङ गर्भवती भएकी थिइन् । उनले उक्त फिल्म खेल्दा प्रोड्युसर बोनी कपूरसँग विवाह गरेकी थिइन् । फिल्मपछि उनले जान्हवीलाई जन्म दिइन् ।

हेमा मालिनी

हेमा मालिनी ‘रजिया सुल्तान’को शुटिङको क्रममा गर्भवती भएकी थिइन् । उनले फिल्मपछि ईशा देओललाई जन्म दिइन् ।

करीना कपूर खान

बलिउडकी सुन्दर अभिनेत्री करीना कपूर फिल्म ‘वीरे दी वेडिङ’को क्रममा गर्भवती भएकी थिइन् । फिल्मको केही महिनापछि नै उनले तैमुरलाई जन्म दिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार १३:३१