सूचनाको शक्ति - The Power Of Information

        

‘अन्धो बनेर देशलाई, केक बनाएर काटिन्छ’

ठुलाठुला भ्रष्टाचारका, योजनाहरु आँटिन्छ ।
अन्धो बनेर देशलाई, केक बनाएर काटिन्छ ।

ताली पिट्छन् मूर्ख, सल्लाहकारहरु वरिपरि,
काटेर यसरी देशलाई, हातहातमा बाँडिन्छ ।

खान पाए मख्ख छन् बबुरा, के खाए थाहा छैन,
तिनकै मुखबाट राष्ट्रवादको, भाषण छाँटिन्छ ।

काम जसले गरोस, जस अपजस मुखियाको,
कस्तो रहेछ कुन्नि त्यो कुर्सी, के कारणले लाटिन्छ ?

गल्ती अक्ष्यम्य भएको छ, राष्ट्रसँग माफी माग्नुस्,
खुलेआम छायो सञ्जालमा, अब कसरी ढाँटिन्छ ?

 

 

१२ फागुन २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट बाँके

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार १७:२०