सूचनाको शक्ति - The Power Of Information

        

शिल्पा शेट्टी बनिन् छोरीकी आमा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी छोरीकी आमा भएकी छन् । यही शुक्रबार शिल्पा र उनका श्रीमान राज कुन्द्राले सामाजिक सञ्जालमार्फत् आफ्नो घरमा छोरीको आगमन भएको खबर दिएका हुन् । उनीहरूले छोरीको नाम शमिशा शेट्टी कुन्द्रा राखेका छन् ।

शिल्पाका अनुसार उनले आफ्नी छोरी जन्मिए यही नाम राख्ने आफू २१ वर्षको हुँदैदेखि सोचेको बताएकी छन् । त्यस्तै पछिल्लो पाँच वर्षयता आफूहरूले दोस्रो सन्तानका लागि प्रयास गरिरहेको पनि उनले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शिल्पा र राजका एक छोरा भियान छन् ।

मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा शिल्पाले भनेकी छन्, ‘हामीले दोस्रो सन्तानका लागि प्रयास गरेको पाँच वर्ष भयो । मैले ‘निकम्मा’ फिल्म साइन गरिसकेर ‘हंगामा’का लागि समय दिइसकेको थिएँ । तर फेब्रुअरीमा हामी फेरि आमाबुवा बन्ने थाहा भयो । हामीले सबै काम सार्यौं ।’ खबर अनुसार शिल्पा र राजकी छोरी शमिशा सरोगेसीमार्फत् जन्मेकी हुन् । एजेन्सी

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार १४:४८