सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

ताली बज्छ सुरा, सुन्दरीको मतला हुनुपर्छ ।
हाईहाई हुन अचेल, यस्तै कला हुुनुपर्छ ।

देशको अस्तित्वको, वास्ता छैन वा शिखण्डीहरु,
हरामको दुईचार बोतल, ढला हुनुपर्छ ।

भ्रष्टाचार महंगी जति बढ्यो, उति समर्थन,
पक्कै त्यसैबाट यिनले, घर चला हुनुपर्छ ।

कर तिर्नु नपर्ने ठूलाले, खर्वौं कमाए पनि,
मैले भने दुईचार काउली, फला हुनुपर्छ ।

हामी मूर्ख जनता पनि, आँखा चिम्ली, भोट दिन्छौं
नसोची धोका दिनेविरुद्ध, बदला हुनुपर्छ ।

 

१२ फागुन २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ०७:५६